मन्त्रालयद्वारा मानव बेचविखन तथा ओसारपसारमा कडाइ
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा उच्च प्राथमिकता दिएको छ ।
यसका लागि मन्त्रालयले अन्तरमन्त्रालय समन्वयमा शहरी र ग्रामीण क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन साथै सम्भावित जिल्लाको अध्ययन गरी नाकामा कडाइ गरेको छ ।
मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले भारतका विभिन्न स्थानबाट पाँच महिलालाई उद्धार गरी पारिवारिक पुनःमिलन तथा पुनःस्थापना गरेको जानकारी दिए ।
त्यसैगरी मानव बेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको बैठक बसी पीडित महिलालाई क्षतिपूर्ति प्रदान गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण नियमावली २०६५ पहिलो संशोधनका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरिसकेको छ । सोही नियमावलीअनुसार कानूनी व्यवस्थालाई थप कडाइ र अद्यावधिक गर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया