सोमबार, माघ २८, २०८१

क्यानाडाली प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोना सङ्क्रमण

नेपालखोज २०७६ फागुन ३० गते १४:५२

काठमाडौँ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण देखा परेको छ । बिहीबार साँझ गरिएको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस सकारात्मक देखिएको प्रधानामन्त्री कार्यालयले शुक्रबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।

Advertisement

बिहीबार एक सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किएकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको र परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको बताइएको छ । उक्त विज्ञप्तिमा यहाँका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको र श्रीमती सोफी ग्रेगोइयर ट्रूडोको स्वास्थ्य परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिसकिएको जनाइएको छ ।

उक्त विज्ञप्तिमा त्यहाँका नागरिकलाई आश्वासन दिँदै क्यानाडाका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोनाको सामान्य संक्रमण देखिएको र उपचार सुरु भएको बताइएको समाचारमा जनाइएको छ । प्रधानमन्त्रीको भने स्वास्थ्य राम्रो भएको र उनमा कुनै लक्षणहरू नदेखिएको उक्त विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री श्रीमती डाक्टरको सल्लाहअनुसार उनीहरु दुई हप्तासम्म एक्लै बस्ने जनाइएको छ ।

क्यानाडामा पछिल्ला दिनमा यो सङ्क्रमणको असर देखिएको छ । त्यहाँका विभिन्न ६ ओटा राज्यमा १५० जनामा यो सङ्क्रमण देखिएको छ ।
त्यहाँ अहिलेसम्म एकजनाको मृत्यु भएको क्यानाडाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार यो सङ्क्रमणको नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालिसकेको छ ।

प्रतिक्रिया