नेपाल एयरलाइन्सले ग¥यो दिल्ली उडानको तालिका हेरफेर, बैंगलौर र मुम्वई उडान समेत स्थगित
काठमाडौँ । कोरोना भाइरसले संसारभर त्रास फैलाएपछि एयर उडान क्षेत्रमापनि यसको प्रत्यक्ष असर परिरहेको छ । नेपाल एयरलाइन्स पनि कोरोनाबाट प्रभावित भएको छ । जसका कारण उसले आफ्ना उडान कटौति गरिरहेको छ । उडान कटौतिकै क्रममा एयरलाइन्सले भारतको राजधानी नयाँ दिल्लीमा निर्धारित उडान कटौती गरेको छ । एयरलाइन्सले आइतबारदेखि दैनिक एक उडान मात्र भर्ने भएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण यात्रुको संख्यामा कमी आएका कारण विभिन्न रुटमा आफ्नो उडान तालीका परिवर्तन गर्नु परेको एयरलाइन्सले जनाएको छ । त्यसमध्ये काठमाडौं—दिल्ली उडान अब दैनिक एउटा मात्र हुने भएको छ ।
एयरलाइन्सले विज्ञप्ति जारी गर्दै उडान तालिका परिवर्तनबारे जानकारी दिएको हो । विज्ञप्तिका अनुसार दिल्ली—काठमाडौं उडान मार्च १५ देखि लागु हुने गरी एउटा मात्र गरिनेछ । विहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ ।
बैंगलौर र मुम्वई उडान समेत स्थगित
दिल्लीका साथै एयरलाइन्सले बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरेको छ । मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिलसम्म स्थगित गरिएको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ । थाइल्याण्डको बैंककमा मार्च ११ र मार्च २५ को उडान रद्द गरिएको छ । हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको कम्पनीले उल्लेख गरिएको छ ।
यता, काठमाडौं दोहा उडान फागुन २७ गते देखि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । यी उडानका टिकट खरीद गरेका यात्रुले टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध हुने भएको छ ।
टिकटको उडानको मिति १ पटक परिवर्तन गर्न समेत शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल एयरलाइन्सले जनाएको छ ।
प्रतिक्रिया