डिस्चार्ज भए प्रधानमन्त्री ओली
नेपालखोज
२०७६ फागुन ३० गते १८:४०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका उनी अस्पताल भर्ना भएको १२ दिनपछि डिस्चार्ज भएका हुन् ।
उनी मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । २१ फागुनमा शिक्षण अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्।
सम्बन्धित
प्रतिक्रिया