शनिबार, फागुन ३, २०८१

माइक्रोसफ्टको बोर्ड डाइरेक्टरबाट बिल गेट्सले दिए राजीनामा

नेपालखोज २०७६ चैत १ गते ११:०९

एजेन्सी । बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ ।

Advertisement

माइक्रोसफ्टका अनुसार बिल गेट्स विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहन्छन् । अब बिल गेट्स प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहनेछन् ।

विश्वको धनाड्य व्यक्ति बिल गेट्स माइक्रोसफ्ट कम्पनीको सहसंस्थापक हुन् । उनले सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका थिए ।

सन् २००० सम्म बिल गेट्सले माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका थिए ।

प्रतिक्रिया