चार नाकाबाट मात्रै नेपाल–भारत आवत–जावत गर्न पाइने
नेपालखोज
२०७६ चैत १ गते १३:५२
काठमाडौं । अब चार नाकाबाट मात्रै नेपाल–भारत आवत–जावत गर्न पाइने भएको छ । कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ ।
भोलीराति १२ बजेदेखि लागु हुनेगरि अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउनेछन् ।
नेपाल–भारत आवत–जावत गर्ने अन्य सबै नाकाहरु भने बन्द हुनेछन् । प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने छ ।
भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने ८२ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
सम्बन्धित
प्रतिक्रिया