शुक्रबार, चैत ७, २०८१

सिद्धार्थ राजमार्गका मोड फराकिलो बनाउन आजदेखि शुरु

नेपालखोज २०७६ चैत १ गते १३:५८

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्डमा रहेका मोडलाई काटेर फराकिलो बनाउने काम शुरु गरिएको छ । सडक स्तरोन्नतिको काम सुरु भएपछि शनिबार आजदेखि १२ दिनसम्म दैनिक आठ घण्टा बन्द हुनेछ ।

Advertisement

दैनिक बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म बाटो बन्द गरेर काम गरिने डिभिजन सडक कार्यालयले जनाएको छ ।

तोकिएको समय बाहेक अन्य समयमा भने सवारी साधनहरु यथावत रुपमा सञ्चालन हुने डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताउनु भयो ।

साँघुरा मोडका कारण सवारी दुर्घटना बढेपछि सडक डिभिजन कार्यालयले मोड कामलाई अघि बढाउन लागेको हो ।

प्रतिक्रिया