ग्राहकको भेषमा उद्योगमन्त्री भट्टले गरे छड्के अनुगमन
नेपालखोज
२०७६ चैत १ गते १४:०४
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पोखराका बजारमा छड्के अनुगमन गरेका छन् । उनले ग्राहकको भेषमा पसल र डिपार्टमेन्टल स्टोरको निरीक्षण गर्नु भएको हो ।
गएराति छड्के अनुगमनका क्रममा उनले डिपार्टमेन्टल स्टोरमा सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिबारे जानकारी लिनु भएको हो ।
मन्त्री भट्टले अनुगमनका क्रममा बढी मूल्य लिएका पसलहरुबारे नोट बनाएर आवश्यक कारबाहीका लागि सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका छन् ।
पोखरा बजारमा अनुगमन गर्दा मास्क र स्यानिटाइजरको अभाव छिटफूट भए पनि खाद्यान्नमा कुनै समस्या नरहेको पाइएको मन्त्री भट्टको सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया