आइतबार, माघ २७, २०८१

हेजिङसम्बन्धी सुविधा दिने व्यवस्थाबाट सरकार पछि हट्यो

नेपालखोज २०७६ चैत १ गते १४:२०

काठमाडौं । हेजिङ कोषमा सरकार र लगानीकर्ताबाट हुने योगदानमा आधारित हेजिङसम्बन्धी सुविधा दिने व्यवस्थाबाट सरकार पछि हटेको छ ।

Advertisement

लामो समयदेखि हेजिङ सुविधा दिँदा सरकारको योगदान कति हुनुपर्ने भन्ने विषयलाई लिएर छलफल चलेको थियो ।

अन्ततः हेजिङ सम्बन्धी नियमावली संशोधनमा सरकारले आफ्नो सम्पूर्ण अधिकार राष्ट्र बैंकलाई जिम्मा दिएको छ । हेजिङको सुविधा लिन लगानीकर्ताले एकतर्फी रूपमा हेजिङ शुल्क बुझाउनु पर्नेछ ।

राष्ट्र बैंकले लगानी भित्र्याउँदाको विनिमय दरमा जम्मा भएको विदेशी मुद्रालाई स्थीर राख्नेछ । बैंकले वैदेशिक लगानीका परियोजनालाई हेजिङको सुविधा दिनुपर्ने भएको छ ।

सरकारले भर्खरै हेजिङ सम्बन्धी नियमावली संशोधन गर्दै हेजिङ सम्बन्धी सम्पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको हो ।

प्रतिक्रिया