सुदूरपश्चिमभरि भिटौला पर्व शुरु
नेपालखोज
२०७६ चैत १ गते १४:२३
बैतडी । चैत महिना शुरु भएसँगै दार्चुलासहित सुदूरपश्चिमभरि भिटौला पर्व शुरु भएको छ ।
भाइबहिनीको प्रेम पर्वका रुपमा रहेको भिटौला खास गरेर दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षकातर्फबाट दाजुभाइले भेट्ने चलनको रुपमा प्रचलित छ ।
आजदेखि चेलीबेटीलाई भेट्ने दिन शुरु हुन्छ । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।
परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ ।
भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पुर्याउने चलन छ ।
सम्बन्धित
प्रतिक्रिया