सोमबार, माघ २८, २०८१

बरामद गरिएको रक्तचन्दन भारत फिर्ता लैजान ढिलाई

नेपालखोज २०७६ चैत १ गते १४:२७

काठमाडौं । नेपाल सरकारले मुुलुकभित्र बरामद गरिएको मध्ये करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ ‘उत्पत्ति मुलुक’ भारत फिर्ता लैजान स्वीकृति दिए पनि फिर्ता लैजान ढिलाइ भएको छ ।

Advertisement

सरकारले गत पुस २८ गते मन्त्रिपरिषद् निर्णयबाट परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम सो स्वीकृति दिएको थियो ।

निर्णय भएको दुई महिना बढी समय बितिसक्दा समेत रक्त चन्दन फिर्ता लैजाने सम्बन्धमा भारतबाट ठोस पहल नभएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

वन मन्त्रालयका अधिकारीले परराष्ट्र मन्त्रालय मार्फत गत माघ २० गते नेपालस्थित भारतीय दूतावासका अधिकारीलाई टेलिफोन गरी सो निर्णयबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया