सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु
नेपालखोज
२०७६ चैत १ गते १४:४१
काठमाडौं । सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज शनिबार बिहान २ बजे बत्ती बाल्ने क्रममा करेन्ट लागेर कमलामाई नगरपालिका–७ सिम्लेका माईतीमाया भोलनको मृत्यु भएको र अरु तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।
हावाहुरी चलेका कारण बिजुली शर्ट भएर करेण्ट लागेको हुनसक्ने प्रहरीको अनुमान छ । करेण्ट लागेर घाइते भएकी भोलनलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
भोलनलाई करेण्ट लागेपछि उहाँका परिवारले आफ्नै घरमा बत्ती बाल्दा अरु तीन जना छिमेकी घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा देवकुमारी घिसिङ, पदमबहादुर वाइब र ज्ञानबहादुर थिङ रहेका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया