कामपाले हटायो बाह्र हजार साइन बोर्ड
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नियम विपरीत राखिएका १२ हजार ४५ प्रचार सामग्री हटाएको छ ।
पछिल्लो पटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य शुरु गरेको काठमाडौँ महानगरपालिकाले हालसम्म साना १२ हजार र ठूला ४५ वटा प्रचार सामग्री हटाएको जनाएको छ ।
आगामी चैत महिनासम्ममा नियम बिपरित राखिएका सबै प्रचार सामग्री हटाउने गरी काम भइरहेको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।
पाँच वर्षअघि नै महानगरपालिकाले साइनबोर्ड र होर्डिङबोर्ड हटाउने निर्णय गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा शहर कुरुप देखिँदै आएको छ ।
नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार त्रिपुरेश्वर–महाराजगञ्ज र माइतीघरदेखि बिजुलीबजार तथा त्रिपुरेश्वरदेखि थापाथलीसम्मका सडक किनारका होर्डिङबोर्ड हटाउने काम सकिएको छ ।
बागबजारदेखि रत्नपार्क, बालुवाटारदेखि डिल्लीबजारसम्मको पनि प्रचार सामग्री हटाउने कार्य सकिएको छ ।
प्रतिक्रिया