बुधबार, वैशाख २६, २०८१

यस बर्ष गुल्मीका २८ विद्यार्थी एसईई परीक्षा दिन पाउनबाट बन्चित

नेपालखोज २०७६ चैत २ गते ७:२५

गुल्मी । यस वर्ष गुल्मी जिल्लाका २८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन नपाउने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका इकाई प्रमुख ईश्वरी प्रसाद ज्ञवालीका अनुसार छात्रा १८ जना र छात्र १० जना रहेको इकाइ जानकारी दिए ।

७० प्रतिशत हाजिरी नपुगेका र विभिन्न कारणले विद्यालय आउन नसकेका बिद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएको उनले जानकारी दिए । गुल्मी जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चार हजार ७०७ विद्यार्थी सहभागी हुने भएका छन् ।

आगामी चैत ६ गते देखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा जिल्लाका १४५ वटा विद्यालका विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार छात्रा दूई हजार ५१५ जना र छात्र दूई हजार १९२ जना परीक्षामा सहभागी हुने जानकारी दिए । नियमिततर्फ चार हजार ६२८ जसमा छात्रा दूई हजार ४८४ र छात्र दूई हजार १४४ जना सहभागी हुनेछन् ।

प्रतिक्रिया