बुधबार, वैशाख १२, २०८१

साताको पहिलो दिन आज तरकारीको मुल्यमा सामान्य घटबढ

नेपालखोज २०७६ चैत २ गते ७:५०

काठमाडौं । आइतबार आज साताको पहिलो दिन काठमाण्डौंमा तरकारीको मुल्य सामान्य घटबढ भएको छ ।

कालिमाटी तरकारी बजारका अनुसार आइतबार आज सबै भन्दा बढि मुल्यमा सेलरी, पार्सल प्रतिकिलो ४५० ,लसुन २९० र पुदिना ३२० मा किनबेच भइरहेको छ ।

त्यस्तै नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ । भेडे खुर्सानी १३० लसुन हरियो १४० हरियो धनिया प्रतिकिलो ७० मा,किनबेच भइरहेको छ ।

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो ९० रुपैयाँ, , लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १३० रुपैयाँ, स्कुस प्रतिकिलो ६० रुपैयाँ, पालुगो ४० , मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया