शुक्रबार, वैशाख १४, २०८१

कर्णाली प्रदेशमा १० औं पटक भारी हिमपात

नेपालखोज २०७६ चैत २ गते ९:३८

जुम्ला । चैत महिना लाग्दासमेत कर्णाली प्रदेशमा १० ओं पटक भारी हिमपात भएको छ । प्रायजसो खडेरी पर्ने चैत महिनामा भारी हिमपात हुँदा किसान खुसी भने हर्षित भएका छन् ।

जुम्लामा स्याउ किसान विष्ण अधिकारीले पहिला खडेरी पर्ने समसयमा हिमपात हुनु निकै राम्रो र स्याउ किसानलाई ठुलो राहत भएको बताए ।

स्याउका क्यारी अर्थात खाडल बनाएर हिउँका डल्ला राख्दा महिनादिनका लागि सिचाई गर्नै पर्दैन, जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले भने, चैतमा हिमपात हुनु नौलो कुरो भएपनि किसानलाई राहत पुग्नु फाईदा हो ।

शुत्रबारदेखि मौसममा भएको खराबीका कारणा कर्णालीमा हुने सबै उडान बन्द भएका छन् । साविक कर्णालीका हुम्लाको सिमिकोट, डोल्पाको जुफाल,मुगुको मुगु र जुम्लाको जुम्ला बिमानस्थल शुत्रबार देखि बन्द भएका छन् ।

तीनदिन देखि भएको हिपापातका कारण धावन मार्गमा बाक्लो हिउँ जमेकाले उडान गर्न नसकेका हुन् । शनिवार राती देखि कर्णालीमा भईरहेको हिमपातले गर्दा उडान ठप्प भएको जुम्ला विमानस्थका सूचना अधिकारी रिंकी मल्लिकले बताईन् ।

प्रतिक्रिया