भारतमा यसरी बढ्दैछ कोरोना सङ्क्रमितको संख्या ! शैक्षिक संस्था र सिनेमा घरहरु बन्द
नेपालखोज
२०७६ चैत २ गते १५:०८
काठमाडौँ । कोविड–१९ बाट भारतमा सङ्क्रमितको संख्या ९३ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म कोरोनाकै कारण २ व्यक्तिको मृत्यु भइसकेको छ । तीमध्ये साउदी अरेबियाको भ्रमण गरेका एक जना कर्नाटक राज्यका ७६ वर्षीय पुरुष तथा स्वीट्जरल्यान्ड र इटाली भ्रमण गरेकी पश्चिम दिल्लीकी ६८ वर्षीया एक महिला रहेकी छिन् ।
कोरोना सङ्क्रमण रोक्न भारत सरकारले विभिन्न उपायहरु अवलम्बन गरेको छ । धेरैजसो राज्यमा शैक्षिक संस्थाहरु र सिनेमा घरहरु मार्च ३१ सम्म बन्द गरिएका छन् । अधिकांश खेल कार्यक्रम पनि रद्द गरिएका छन् । मानिसहरुलाई अनावश्यक विदेश भ्रमण नगर्न र ठूलो समूहमा भेला नहुन सरकारले अनुरोध गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया