बिहीबार, वैशाख १३, २०८१

कोरोना भाइरसका विरुद्धमा दक्षिण एशियाली मुलुकको साझा रणनीति तय हुँदै

नेपालखोज २०७६ चैत २ गते १७:०५

काठमाण्डौ । चीनको बुहानबाट सुरु भएको कोभिड–१९, कोरोना भाइरस नियन्त्रण गर्न दक्षिण एशियाली मुलुकको साझा रणनीति तय गर्न आयोजना हुने भिडियो कन्फरेन्स हुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गर्ने उक्त भिडियो सम्वादमा दक्षिण एशियाली मुलकहरुका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागिता रहनेछ । उक्त भिडियो सम्वाद अपरान्ह ५ बजे आयोजना हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन् विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट दक्षिण एशियाली मुलुकलाई जोगाउनको निम्ति सबैको प्रतिबद्धतासहित एकै ठाउँमा उभियौं ।

प्रतिक्रिया