शुक्रबार, वैशाख १४, २०८१

यी सात फाइदाका लागि बग्न दिनुहोस् पसिना

नेपालखोज २०७६ चैत ३ गते ६:४२

एजेन्सी । कोही व्यक्ति धेरै पसिना बगेर दिक्क मान्छन् त कोही पसिना बगाउन नसकेर दिक्क मान्छन्। तर वास्तविकता यो हो कि स्वास्थ्यको लागि पसिना बग्नु राम्रो मानिन्छ।

पसिना बग्दा शरीरमा भएको बिकार बाहिर निस्कन्छ, जसबाट धेरै किसिमका स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ।

यी हुन् पसिना बगाउँदा शरिरलाई हुने फाइदा

-पसिना बगाउँदा शरीरमा भएको क्यालोरी खर्च हुने भएकाले तौल घटाउन मद्दत मिल्दछ।

-पसिना मार्फत शरीरमा हुने दुर्गन्ध बाहिर निस्कन्छ, जसले गर्दा छालामा हुने छिद्र सानो सानो प्वाल खुल्छ र स्किन सफा देखिन्छ।

-पसिना बगाउँदा मृत कोषहरुको पनि नष्ट हुन्छ, जसले अनुहार चम्किलो बनाउँछ।

-धेरै पसिना बग्दा हामी पानी पनि धेरै पिउने गर्छौँ, धेरै पानी पिउनाले मृगौलामा हुने पत्थरीको खतरा कम हुन्छ।

-पसिना बग्दा शरीरको तापक्रम सन्तुलनमा रहन्छ, जसले तनाव भगाउँछ।

-पसिनासँगै शरीरमा हुने पोटाशियम र सोडियम पनि बाहिर निस्कन्छ, जसले शरीरमा हुने केमिकललाई सन्तुलन गर्छ।

-पसिना बगाउँदा शरीरमा रक्तचापको सन्तुलन समेत हुन्छ।

प्रतिक्रिया