सोमबार, फागुन ५, २०८१

अमेरिकाद्वारा भिसा रद्द

नेपालखोज २०७६ चैत ३ गते ११:४५

काठमाण्डौ । अमेरिकाले नेपालीहरुका निम्ति डाइभर्सिटी भिसा तथा गैरआप्रवासी भिसा रद्द गरेको छ ।

Advertisement

विश्वव्यापी रुपमा संक्रमण फैलिएका बेला नेपालस्थित अमेरिकी राजदूतावासले मंगलबारबाट लागू हुनेगरी भिसाबारे यस्तो निर्णय लिएको हो ।

यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । दूतावासका अनुसार, यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुनेछ ।

कुनै आपतकालीन अवस्था छ भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अप्वइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ ।

तर हाललाई रद्द गरिएको कुनै पनि सेवा कहिले पुनः सुरु हुन्छ त्यसबारेमा दूतावास मौन रहेको छ ।

प्रतिक्रिया