बिहीबार, माघ २४, २०८१

कांग्रेस नेता थापा भन्छन्, ‘कांग्रेसभित्र गुटको औचित्य सकिएको छैन’

नेपालखोज २०७६ चैत ३ गते १५:२२

काठमाण्डौ । विभिन्न गुट उपगुटबाट चलिरहेको नेपालको पुरानो राजनीतिक दल नेपाली कांग्रेसभित्र कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले डाकेको भेलामा पुगेका केन्द्रीय सदस्य गगन थापाले अझै शक्ति बढाएर परिवर्तनको पक्षमा उभिने बताएका छन्।

Advertisement

पार्टीभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद हुँदा विधि, विधानको पक्षमा उभिएर सिटौलाले मध्यमार्घी भूमिका खेलेकोमा थापाले प्रशंसा पनि गरे।

‘कुनै अलमल विना कृष्णप्रसाद सिटौलाको नेतृत्वमा सहीमा सही र गलतमा गलत भनेका छौं,’ बत्तिसपुतलीमा सोमबार भएको भेलामा थापाले भने, ‘शक्ति बढाएर परिवर्तनको पक्षमा वातावरण निर्माण गर्ने हो।’

थापाले आफ्नो पुस्ताको काँधमा कांग्रेसको भविष्य राम्रो हुन्छ भन्ने जिम्मेवारीसमेत रहेको पनि बताए।

‘भविष्यको कांग्रेस राम्रो हुन्छ भन्ने आश्वस्त पार्ने जिम्मेवारी दिने काम हाम्रो हो,’ थापाले भने, ‘त्यो भूमिका निर्वाह गर्नुपर्छ।’

उनले परिवर्तनको पक्षमा पार्टी विधान पालना गरेर अगाडि बढ्ने पनि बताए।

‘पार्टीभित्र एकता निर्माण गरी विधानअनुसार चल्नुपर्छ,’ उनले भने, ‘हामी अल्मलिएको छैन। समयमै महाधिवेशन गर्न आफ्नो शक्तिलाई समुच्चमा पुर्‍याउनुपर्छ।’

प्रतिक्रिया