बिहीबार, माघ २४, २०८१

भारतमा कोरोना संक्रमितको संख्या १ सय २६ पुग्यो, ३ वर्षकी बालिकामा संक्रमण भएको पुष्टि !

नेपालखोज २०७६ चैत ४ गते ६:५३

एजेनसी । यतिबेला कोरोना भाइरसले विश्वभरी महामारीको रुप लिएको छ । भारतमा कोरोना भाइरसका २ जना नयाँ संक्रमित भेटिएसंगै संक्रमितको संख्या १ सय २६ पुगेको छ ।

Advertisement

लद्दाख, ओडिशा, जम्मू–कश्मीरमा एक–एक, कर्नाटकमा दुई अनि केरलमा कोरोना भाइसरका ३ नयाँ संक्रमित भेटिएसंगै भारतमा कुल संक्रमितको संख्या १ सय २६ पुगेको छ भने मृत्यु हुनेको संख्या अहिलेसम्म ३ पुगेको छ ।

यस्तै, कर्नाटकमा सोमबार अबेर राति २ जना नयाँ सक्रमित भएको पुष्टि भएको छ । यो संगै कोरोना भाइरस संक्रमितको संख्या कर्नाटकमा ८ बाट बढेर १० पुगेको छ । भारतको महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी ३९ जना संक्रमित भेटिएका छन् ।

महाराष्ट्रमा सोमबार एक तीन वर्षकी बालिकामा पनि कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । ती बालिकाका आमा–बुवा पनि कोरोना संक्रमित हुन् ।

यस्तै, मुम्बईमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि त्यहाँ रहेको सिद्धि विनायक मन्दिर पनि बन्द गरिएको छ । त्यस्तै अन्य पाँच उच्च जोखिम मानिएका क्षेत्रबाट कोरोना भाइरसको जोखिम रोक्नका लागि यात्रामा रोक लगाइएको छ ।

प्रतिक्रिया