बिहीबार, माघ २४, २०८१

निर्भया प्रकरणः दोषिलाई फाँसी दिने तयारी पूरा, २० मार्चमा फाँसी दिइदैँ

नेपालखोज २०७६ चैत ४ गते ७:४५

एजेनसी । भारतको निर्भया प्रकरणमा चारैजना दोषिहरुलाई २० मार्चमा फाँसी दिइदैँछ । यसलाई मध्यनजर गर्दै तिहाड़ प्रशासनले चारैजना दोषिलाई फाँसी दिन सबै तयारी पूरा भएको जनाएको छ ।

Advertisement

१७ मार्च अर्थात आज मंगलबार साँझसम्म फाँसी दिने जल्लाद पवन तिहाड़ जेल पुगि सक्ने छन् । जल्लाद पवन तिहाड़ पुगिसकेपछि एक चोटी फेरि डमी फांसी दिइने भएको छ । यसका लागि १८ अनि १९ मार्चको मिति तय गरिएको छ ।

तिहाड़ जेल स्रोतका अनुसार, दोषिहरुलाई अन्तिम इन्छा के छ भनि सोधिएको छ तर उनिहरु कसैले पनि कुनै जवाफ दिएका छैनन् । यसअघि निभर्या प्रकरणका चारै दोषिलाई दिएको फाँसीको समय तीन पटकसम्म सरेको थियो ।

उनिहरुलाई सबैभन्दा पहिला २२ जनवरीमा फाँसी दिने फैसला गरिएको थियो । दोस्रो पटक एक फेबु्रअरी अनि तेस्रो पटक फेबु्रअरी ३ का लागि गरिएको फैसाला सरेको थियो । निर्भया प्रकरणका चारै दोषिलाई पटियाला हाउस कोर्टले २० मार्च बिहान ५ः३०मा फाँसी दिने फैसला सुनाएको छ ।

कसरी भयो निर्भया प्रकरण
सन् २०१२ डिसेम्बर १२ तारिखको राति नौ बजे मेडिकल कलेजकी छात्रा २३ वर्षीया निर्भया र उनका केटा साथी बस चढेका थिए ।

त्यस समयमा बसका चालक र अन्य पाँच पुरुषले ती महिलालाई सामूहिक बलात्कार गरेका थिए । संगै बस चढेका उनका केटा साथीलाई पनि नराम्ररी कुटपिट गरेका थिए । नग्न र रक्ताम्य अवस्थामा उक्त जोडीलाई बाटोको छेउमा फालिएको थियो ।

बाटो हिँडिरहेका केही मानिसले उनीहरूलाई देखेपछि अस्पताल र्पुयाए र प्रहरीलाई खबर गरेका थिए । बलात्कृत निर्भयाको पन्ध्र दिनपछि मृत्यु भएको थियो । एक आरोपीलाई नाबालक भन्दै त्यस बेला नै सफाई दिइएको थियो भने अर्का एकजना रामसिंहले तिहाड जेलमा आत्महत्या गरेका थिए ।

बाँकी मुकेश सिंह, विनय शर्मा, अक्षयकुमार र पवन गुप्तालाई दोषी ठहर गर्दै फाँसी दिने फैसला सुनाइएको थियो । चारै जनालाई १ फरवरीमा फाँसीमा झुण्ड्याउने तयारी थियो ।

प्रतिक्रिया