कोरोना भाइरस : विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार पुग्यो, अमेरिकामा कर्फ्यू
एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ज्यान जानेको संख्या ७ हजार बढी पुगेको छ । भने करिब २ लाख संक्रमित रहेको पुष्टि भएको छ ।
कोरोनाको संक्रमण नियन्त्रण गर्न फ्रान्सले आउँसो १५ दिनसम्मका लागि राष्ट्रव्यापी लाकलाउनको घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्रांले सोमबार कोरोना भाइरस विरुद्ध जुध्न हिजो राष्ट्र व्यापी सम्बोधन गर्दै यस्तो घोषण गरेका हुन् ।
साथै फ्रान्सका राष्ट्रपति मैक्रांले कोरोनाको संक्रमण फैलिन नदिन आउँदो १५ दिनसम्म त्यहाँका नागरिकलाई घरबाट बाहिर ननिस्किन आदेश दिएका छन् ।
यस्तै, कोरोनाको संक्रमणबाट बच्न अमेरिकाले दुई ठुला राज्य न्यू जर्सी र सैन फ्रान्सिस्कोमा कर्फ्यूको घोषणा गरेको छ ।
अमेरिकी नागरिकहरुलाई अत्यावश्यक बाहेक घरबाट बाहिर निस्किन आह्वान गरिएको छ ।
साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार हिजो त्यहाका नागरिकलाई १० जना भन्दा बढी एकै ठाउँमा जम्मा नहुन आग्रह गरेका छन् ।
प्रतिक्रिया