शनिबार, फागुन ३, २०८१

बहाना मास्क उत्पादन, संकटको बेला झुटको खेती गर्दै व्यापारी दिपक मलहोत्रा

नेपालखोज २०७६ चैत ४ गते १६:४७

काठमाडौं । यतिखेर कोरोना भाईरसका कारण काठमाडौं उपत्यका मात्र होइन सम्पूर्ण नेपालनै त्रासमा देखिएको छ । कोरोना भाईरस भित्रियो भने के गर्ने भन्ने सन्त्रासमा आम नागरिक बसिरहेका देखिन्छन् ।

Advertisement

यही मौका छोपी मास्क व्यापारीहरुले जनतालाई अत्यधिक रुपमा ठगि रहेका छन् । २ रुपैयाँमा खरिद गरेको मास्कलाई ७५ रुपैयाँसम्म लिएर विक्री वितरण गर्दा पनि सरकार भने मौन बसिरहेको छ । एकदुई स्थानमा छापा हाने जस्तो गरेपनि वास्तविक रुपमा कालोबजारीसँगको मिलेमतोमा छ सरकार भन्दा फरक नपर्ला ।

होे यतिनै खेर ठूलो व्यापारीहरु पनि कसरी जनता ठग्ने भन्ने सोचमा लागिपरेका छन् । जसरी भूकम्पका बेला जनतालाई लुट्न सफल भएकाहरु फेरि कोरोनाको संकट भन्दै लुट्ने तयारी गरिरहेका छन् । त्यही झुठको खेती गरेर लुट मच्चाउने तयारीमा जुटेका छन् व्यापारी दिपक मलहोत्रा ।
केही दिन अगाडिमात्र चेम्वर्समा आयोजित कार्यक्रममा व्यापारी दिपक मलहोत्राले एक सातामा पाँच लाख मास्क बनाउने र सहज रुपमा आपूर्ति गर्ने घोषणा गरेका थिए । तर सो कार्य अहिलेसम्म अगाडि बढेको छैन । उनले सस्तो लोकप्रियताका लागि मास्क बनाउने मेसिन तत्काल ल्याउने र मास्क विक्री गर्ने त भने तर त्यो कसरी सम्भव छ भन्ने कुरा खुलाउन चाहेनन् ।

समाचार तयार गर्दासम्म मलहोत्राले मास्क बनाउने मेसिन भित्रिने संकेत पनि देखिएको छैन । बरु त्यही बहानामा मलहोत्राले विभिन्न किसिमका मेसिन भन्सार छुट गराएर भित्र्याउने प्रपञ्च रचिरहेको बाणिज्य तथा आपूर्ति मन्त्रालय श्रोतले बताएको छ ।

मन्त्रालयका श्रोतका अनुसार मलहोत्राले मेसिन भन्सार छुटमा मास्क बनाउने मेसिनका नाममा अन्य मेसिन पनि ल्याउने खोजेका छन् । अहिले मास्क बनाउने कच्चापदार्थ समेत अभाव भईरहेका बेला हरेक हप्ता पाँच लाख मास्क कसरी उत्पादन गर्दछन् मलहोत्राले ? उनको प्रश्न थियो । हुन पनि सहित ट्रफिकल सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोलाले मास्कले कोरोना भाईरस नरोक्ने बताउँछन् । बास्तोला भन्छन्, ‘ मास्कको पछाडि दौडनु भन्दा साधारण सावधानी अपनाउने हो भने कोरोनबाट बच्न सकिने उनको भनाई थियो ।

त्यसो भए किन मास्कको पछाडि दौडिए त मलहोत्रा ?

नेपाल चम्वर अफ कमर्श र सरकारको सहयोगमा मलहोत्राले मास्क उत्पादन गर्ने तयारी गरे । चेम्वरले मलहोत्रा कै संयोजकत्वमा कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारलाई सहयोग गर्न कमिटी गरेको थियो । त्यही बहानामा मेसिन र कच्चा पदार्थ आयातमा भन्सार छुट लिने र मास्क उत्पादन गरी व्यापार गर्ने उनको मनसाय छ ।

मास्क बनाउनका लागि आवश्यक अधिकांश कच्चा पदार्थ चीनबाट नै ल्याउनु पर्ने अवस्था छ तर अहिलेको अवस्थामा चीनबाट कच्चा पदार्थ ल्याउन सम्भव भने छैन । यस्तो परिस्थितिमा दिपक मलहोत्राले जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूर्ति गर्नका लागि मास्कको खेती गर्न लागेको बुझिएको छ ।
कथंकदाचित भन्सार छुटमा मेसिन र कच्चा पदार्थ आयात गर्न सम्भव भएका अहिले मास्कमा करोडौंको फाइदा लिन सकिने भएपछि उनी यसतर्फ लागेको केही व्यवसायीहरु नै बताउँछन

प्रतिक्रिया