मंगलबार, असोज १, २०८१

विश्वभरि कोरोनाको कहर, इटलीमा २५ सय बढीको मृत्यु

नेपालखोज २०७६ चैत ५ गते ६:५७

एजेन्सी । विश्वलाई नै आतंकित पारेको कोरोना भाइरस (कोभिड–१९)ले इटलीमा अहिलेसम्म करिब २५ सय बढीले ज्यान गुमाइसकेका छन् ।

मंगलबार हिजो इटलीको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म २५ सय ३ जनाको मृत्यु भएको जनाएको छ । यो भाइरसबाट अहिलेसम्म इटलीमा करीब ३१ हजार ५ सय ६ जना संक्रमित रहेको पुष्टि गरेको छ । इटलीमा २६ हजार बढी मानिसमा कोरोनाको संक्रमण छैन भने हालसम्म ३ हजार बढी मानिस निको भएर घर फर्किसकेका छन् ।

अमेरिकामा अहिलेसम्म १ सय जनाको मृत्यु
विश्वभरि नै कहर मच्चिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा अहिलेसम्म १ सय जनाले ज्यान गुमाइसकेका छन् ।

न्यूज एजेन्सी एएफपीका अनुसार, मृत्यु हुनेमा सबैभन्दा बढी मानिस वासिङ्गटनका रहेका छन् । उत्तर–पश्चिम राज्यहरुमा अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ । भने, न्यूयोर्कमा अहिलेसम्म १२ जना र क्यालिफोर्नियामा ११ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको कहर अमेरिकाका ५० भन्दा बढी राज्यहरुमा फैलिसकेको छ । अहिलेसम्म कोरोनाको संक्रमण नभेटिएका वेस्ट भर्जीनियामा पनि यसको संक्रमण फेला परिसकेको छ ।

प्रतिक्रिया