शनिबार, असोज १३, २०८०

स्वास्थ्यकर्मीकै उपस्थितिमा एसइई हुँदै

नेपालखोज २०७६ चैत ५ गते ६:५२

विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत छ गते (बिहीबार) बाट सुरु हुँदै छ। विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासका बीच हुन गईरहेको उक्त परीक्षा अगामी चैत १७ गते सकिने छ।

परीक्षालाई मर्यादित व्यबस्थित तरिकाले सञ्चालन गर्न आवश्यक सबै तयारी पुरा भएको सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएका छन्। सबै परीक्षा केन्द्रहरुमा स्वास्थ्यकर्मीको व्यवस्था सहित स्वास्थ्य सहायता कक्ष स्थापना गरिने जनाइएको छ। यस पटकको एसइई परीक्षामा प्रदेश १ का १४ जिल्लाबाट ८४ हजार १०६ जना परीक्षार्थी सहभागी हुने प्रदेश शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ।

सामाजिक विकास मन्त्रालय शैक्षिक योजना महाशाखा प्रमुख दिव्यराज कट्टेलका अनुसार प्रदेश १ मा ३७५ वटा परीक्षा केन्द्रमा ३७५ केन्द्राध्यक्षसहित ५४२ सहायक केन्द्राध्यक्ष तोकिएका छन्। त्यस्तै परीक्षा केन्द्रको सुरक्षार्थ प्रत्येक परीक्षा केन्द्रमा १५ जना सुरक्षाकर्मी परिचालन गरिने छन्। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया