निवर्तमान राजदूत पौडेल आज स्वदेश फर्कँदै
काठमाडौं । चीनका लागि निवर्तमान नेपाली राजदूत लिलामणि पौडेल आज बुधबार स्वदेश फर्कँदैछन् । कार्यकाल सकिन बाँकी छँदै सरकारले फिर्ता बोलाए पछि राजदुत पौडेल बुधबार आज काठमाडौं आउन लागेका हुन् ।
बेइजिङस्थित नेपाली दूताबास छाड्नुअघि मंगलबार हिजो एक विज्ञप्ती जारी गर्दै निवर्तमान राजदुत पौडेलले आफ्नो कार्यकाल महत्वपूर्ण र ऐतिहासिक बनेको दाबी गरेका छन् ।
साथै कुनै पनि नेपालीलाई आफ्नो काम, आचरण वा ब्यबहारले हिनताबोध गर्नुनपर्ने पनि उनले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
कोरोना भाइरसको संक्रमणजन्य परिस्थितीलाई मध्यनजर गर्दै पौडेलले चीनमा रहेका नेपालीलाई नभेटि तथा बिदाइ भेट नगरी स्वदेश फर्कन लागेका हुन् ।
गत फागुन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले पदावधि बाँकी रहँदै कुनै कारण नखुलाई पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । साथै उनको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेलाई शिफारिस गरेको छ ।
प्रतिक्रिया