आइतबार, माघ २७, २०८१

नेपालमा कोरोना सङ्क्रमित छैन : विश्व स्वास्थ्य सङ्गठन

नेपालखोज २०७६ चैत ५ गते ९:३९

काठमाण्डौं । नेपालमा चार सय ९६ जनाको स्वास्थ्य परीक्षण गर्दा एक जनाबाहेक अरु सबैमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नपाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

यसअघि गएको माघ ९ गते चीनबाट आएका एक जनामा कोरोना भएको पुष्टि भएको थियो । अहिले ती व्यक्ति पनि निको भएर काममा फर्किसकेकाले नेपालमा कोरोना सङ्क्रमित नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

यसैबीच काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अझै पनि चार जना आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

अहिलेसम्म डाक्टरको निगरानीमा राखिएका ५२ जनालाई कोरोना नभएको पाइएपछि घर पठाइएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया