मन्त्री भएको तीन महिना पश्चात भुसालको पञ्च नीति सार्वजनिक
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले मन्त्री भएको तीन महिना चुपचाप लागेर अहिले पञ्च नीति सार्वजनिक गरेका छन् । लामो समय बुझ्दा बुझ्दै ल्याइएको पञ्च नीतिमा के के छन् त ? मन्त्रीले सार्वजनिक गरेका पाँच नीति कार्यान्वयनमा आउँला । यस्ता छन् मन्त्रीले ल्याएको पाँच नीति ।
१) उत्पादन सामग्रीमा अनुदान : हामीले (कृषि तथा पशुपन्छी विकास मन्त्रालय) दिँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सवैले पाउने गरी बीउ÷ नश्ल, मल सिँचाई, विजुली जस्ता उत्पादनका मुख्य सामग्रीहरुमा अनुदान केन्द्रित गरिने छ । तिनलाई सर्वसुशलभ बनाईने छ ।
२) सवै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा : हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेण्टी गरिने छ । स्थानीय तहका करीव ८ हजार कृषि तथा पशु सेवा तर्फका प्राविधिक जनशक्तिको दरवन्दी रहेकोमा स्थानीय तहसँग समन्वय गरी अहिले रिक्त रहेका करीव ६ हजार दरवन्दीमा अविलम्व पदपूर्ति गरिने छ ।
३) सस्तो र शुलभ ऋण : सस्तो व्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेण्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गरिने छ र हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो व्याजमा सुलभ ऋणको प्रत्याभूति गरिने छ ।
४) बाली तथा पशुपन्छी बीमा : कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पु¥याउने ग्यारेण्टी गरिने छ । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि तथा बाली बस्तुको हानी नोक्सानीबाट किसानलाई सुरक्षित गरिने छ ।
५) न्यूनतम बचतको ग्यारेण्टी : किसानको उत्पादन गर्ने मुख्य बाली बस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित बचतको ग्यारेण्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिने छ । किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन् तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा खरिद गर्ने व्यवस्था सरकारले गर्ने छ ।
प्रतिक्रिया