सोमबार, माघ २८, २०८१

नेपालका सिनेमा हल, जीम, डान्स बार सबै बन्द हुने

नेपालखोज २०७६ चैत ५ गते १७:०५

काठमाडौँ । नेपालका सिनेमा हल, खेलस्थल, जीम, डान्स बार तथा क्लब लगायत बन्द हुने भएका छन् । संसारभर कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिइरहेकाले सरकारले यस्तो निर्णय गरेको हो ।

Advertisement

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले बुधबार गरेको निर्णय अनुसार ३० अप्रिलसम्मलाई ती क्षेत्र बन्द गरिने छ । समितिको निर्णय २ मा ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’ उल्लेख छ ।

यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।

निर्णयको १३ नं. बुँदामा होटल, रेष्टुरेन्ट तथा सपिङ्ग महलको सञ्चालकहरुलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउने पनि भनिएको छ ।

साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको सवास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया