नेकपा सचिवालय बैठक : कोरोनाविरुद्ध कडा रूपमा प्रस्तुत हुने निर्णय
नेपालखोज
२०७६ चैत ६ गते ६:२६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको नेकपाको सचिवालय बैठकले कोरोना भाइरसबाट बच्न उच्च सर्तकता र सजगता अपनाउनुका साथै त्यसविरुद्ध कडा कदम चाल्न निर्णय गरेको सचिवालयका सदस्य एवम् वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
कोरोना भइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जस्तोसुकै कदम चलाउनु परे त्यसका लागि सरकार तयारी अवस्थामा रहनुपर्ने समेत निर्णय भएको बताउँदै उनले त्यसका लागि पार्टी पंक्तिको पनि सहयोगी भूमिका रहने बताए । गोरखापत्र दैनिकमा खबर छ ।
सम्बन्धित
प्रतिक्रिया