५५ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक
काठमाडौं । विश्वभरी नै सन्त्रास फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले कोरोना संक्रमण देखिएकामध्ये ५५ देशबाट नेपाल प्रदेशमा रोक लगाएको छ ।
साथै संक्रमण भएका देशका नागरिकलाई नेपाल आउन पनि सरकारले प्रतिबन्ध लगाएको छ ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले २० मार्चदेखि १५ अप्रिल (७ चैतदेखि ७ वैशाख २०७७) सम्म कोरोना प्रभावित देशमध्ये ५५ वटा देशबाट नेपाल आउने नेपालीसहित विदेशीमाथि प्रतिबन्ध लगाएको हो ।
जसअनुसार युरोपका सबै मुलुक, पश्चिम एसियालगायत इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने नेपालीसहित विदेशी नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाइएको छ ।
यो निर्णयसँगै दक्षिण कोरिया, जापान, मलेसिया, यूएई, कतारलगायत मुलुकमा वैदेशिक रोजगारीका लागि गएका नेपालीसमेत तोकिएको समयसम्म स्वदेश फर्कन पाउने छैनन् ।
प्रतिक्रिया