कोरोनाको प्रभाव : नेकपा अध्यक्ष दाहालद्वारा आजदेखि दैनिक भेटघाट बन्द
नेपालखोज
२०७६ चैत ६ गते ९:१२
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहीबारदेखि दैनिक भेटघाट अनिश्चितकालका लागि स्थगित गरेका छन् ।
विश्वभरि नै महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड(१९) का कारण प्रचण्डले विहिबार आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट रोकेका हुन् ।
अध्यक्ष प्रचण्डलाई भेट्न दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारण उनको निवास पुग्ने गरेका छन् ।
तर, विहिबार आजदेखि भने अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको प्रचण्डको निजी सचिवालय प्रमुखसमेत रहेकी छोरी गंगा दाहालले जानकारी दिइन् ।
सम्बन्धित
प्रतिक्रिया