एक वर्ष भन्दा कम कैद सजाय पाएका कैदी रिहा गर्ने सरकारको तयारी
काठमाडौँ । विश्वभरी कोरोना भाइरस अर्थात कोभिड–१९ को त्रास फैलिरहँदा सरकारले भिडभाड नगर्न आग्रह गरेको थियो । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले कारागारमा कैदीबन्दीको संख्या कम गर्न निर्देशन दिएको छ ।
सोहि निर्णय अनुसार सरकारले एक वर्ष भन्दा कम सजाय पाएका कैदीहरुलाई कैदको साटो पैसा तिराएर रिहा गर्ने तयारी गरेको छ ।
बाँकी अवधिको कैदको प्रतिदिन तीन सय रुपैयाँ तिराएर उनीहरुलाई रिहा गर्ने तयारी भएको महान्यायाधिवक्ताको कार्यालय श्रोतले बताएको छ ।
बिहीबार महान्यायाधीवक्ताको कार्यालय र संसदको कानुन तथा मानव अधिकार समितिले पनि जेलमा रहेका कैदीहरुलाई अपराधको अवस्था हेरी छुटाउन निर्देशन दिएको थियो ।
नेपालमा कारागारको क्षमताभन्दा कैदीबन्दीको संख्या बढी रहेको अवस्थामा कोरोना संक्रमण फैलिए भयाभह अवस्था आउने भन्दै कैदीबन्दीको संख्या घटनाउन व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया