बास्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा विप्लवका ३ जना कार्यकर्ता पक्राउ
नेपालखोज
२०७६ चैत ७ गते १०:३२
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको नीजि निवासमा बम विस्फोट गराएको अभियोगमा विप्लवका ३ कार्यकर्ता पक्राउ परेका छन् ।
पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा यसअघि नै विप्लवले लिएको थियो । बम विस्फोट गराएको अभियोगमा लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाई नियन्त्रणमा लिइएको छ ।
महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रमुख सहकुल थापाले काठमाडौंका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
पक्राउ पर्ने तीनैजना विप्लव नेतृत्वको नेकपाका मध्यकमान्ड अन्तर्गतका हुन् । उनीहरूलाई अहिले टेकुमा राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया