बिहीबार, माघ २४, २०८१

कोरोना प्रभाव : गैँडा गणना स्थगित

नेपालखोज २०७६ चैत ७ गते १२:२८

चितवन । चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना स्थगन गरिएको छ । शुरुमा चैत १ गतेदेखि गणना गरिने भनिएको भए पनि मौसमका कारण पछाडि सारिएको थियो ।

Advertisement

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जमघट नहुन निर्देशन गरेसँगै तत्कालका लागि गणना कार्य स्थगन भएको जानकारी दिए ।

उनका अनुसार गैँडा गणनाका लागि १५० हाराहारी जनशक्ति एकै ठाउँमा सामेल हुनुपर्ने हुन्छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन, कुनै सभा सम्मेलन तथा गोष्ठी गर्न रोक लगाएको छ । अर्को सूचना नआउँदासम्म गैँडा गणना कार्य स्थगन भएको उनले जानकारी दिए । सरकारले कोरोनाको सङ्क्रमणको त्रास घटेर अर्को सूचना जारी गरेसँगै गणना कार्य अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया