शनिबार, असोज १३, २०८०

कोरोना : भारतकालागि हुने सबै उडान बन्द

नेपालखोज २०७६ चैत ७ गते १४:४७

काठमाडौँ । नेपाल एयरलाइन्सले भारतमा कुनैपनि उडान नगर्ने भएको छ । कोरोना प्रभावका कारण उसले भारतका सबै शहरमा गरिरहेको उडान रोकेको हो । चैत्र ९ (मार्च २२,२०२०) गतेदेखि लागु हुने गरी भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान स्थगित गरिएका हुन् ।

यसअघि भारतले २२ तारीखबाट सबै अन्तर्राष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय लिएको हो ।

प्रतिक्रिया