शुक्रबार, वैशाख ७, २०८१

अब जुनसुकै बैंकको एटीएम प्रयोग गर्नुस अतिरिक्त शुल्क तिर्नु पर्दैन !

नेपालखोज २०७६ चैत ७ गते १६:०७

काठमाडौँ । अब जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । नेपाल बैकर्स संघको आज विहान बसेको बैठकले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको हो । विश्वभर कोरोना भाइरसको संक्रमणले महामरीको रुप लिएका बेला सरकारलाई सघाउ पु¥याउन बैकर्स संघले यस्तो निर्णय गरेको हो ।

संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ । संघले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया