गाडी भाडामा ठगी गर्ने २८ जना पक्राउ, तिन दिनमा ५ लाखले उपत्यका छाडे
काठमाडौं । सार्वजनिक यातायातको टिकटमा ठगी गर्ने २८ जना पक्राउ परेका छन् । टिकट काउन्टरका कर्मचारीले सवारीसाधन अभाव देखाएर यात्रुसँग तेब्बरसम्म भाडा असुलेको पाइए पछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डीएसपी हविन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेकालाई आइतबार भोली अदालतमा उपस्थित गराइनेछ । सरकारले शिक्षण संस्थामा पठनपाठन बन्द गरेपछि काठमाडौंबाट अधिकांश विद्यार्थी र अभिभावक बाहिरिने क्रम बढेको छ ।
तिन दिनको अवधिमा करिब ५ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएको महानगरिए ट्राफिक प्रहरीले जनाएको छ ।
सरकारले १० गतेदेखि लामोदुरीका सबै सवारी साधनमा रोक लगाउने निर्णय गरेसंगै शनिबार आज र आइतबार भोली अझ बढी मानिस उपत्यकाबाट बाहिरिन सक्ने अनुमान गरिएको छ ।
यात्रुको चाप बढी हुन थालेपछि यातायात व्यवसायहरुले यसको गलत फाइदा उठाउँदै यात्रुहरुबाट दोब्बर, तेब्बर भाडा असुल्न थालेको यात्रुहरुको गुनासो छ ।
प्रतिक्रिया