सरकारले बाह्य सहयोगका लागि सक्रियता बढाउँदै
काठमाडौं । सरकारले बाह्य सहयोगका लागि पनि सक्रियता बढाएको छ । प्रवक्ता विकास देवकोटाका अनुसार स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको पहिचान, परीक्षण, उपचार र रोकथामका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीकोे सूची तयार पारी उक्त सामाग्री उपलब्ध गराउन चिनियाँ राजदूतावासलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले कोभिड–१९ को शङ्का भएका, वृद्धवृद्धा भएका व्यक्ति तथा अन्य रोगबाट प्रताडित, जोखिममा रहेका बिरामी र सम्भावित सङ्क्रमणको आशङ्का लागेकालाई पहिलो प्राथमिकतामा राखी नमुना परीक्षण गराउन पनि निर्देशन दिएको छ ।
कोरोना भाइरसको शङ्कास्पद व्यक्तिको परीक्षणका लागि नमुना सङ्कलन गर्ने, अन्य प्रयोगशालामा नमुना पठाउँदा पु¥याउनु पर्ने विधि लगायतका विषयमा समन्वय गर्ने प्रयोजनका लागि सबै अस्पतालले प्रयोगशालासँग सम्बन्धित एक जना सम्पर्क व्यक्ति तोकी उक्त व्यक्तिको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनसमेत अस्पताललाई निर्देशन दिएको छ ।
प्रतिक्रिया