कोरोनाबाट युवाहरु मुक्त छैन्न : डब्लुएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठनले युवाहरुमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नरहेकोले सचेत रहन चेतावनी दिएको छ ।
युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरसबाट मुक्त नभएकोले धेरै हिँडडुल गर्ने र कमजोर एवं वृद्ध मानिसहरुको संगत कम गर्ने कुरामा ध्यान दिन डब्लुएचओले चेतावनी दिएको हो ।
कोभिड १९ का कारण अहिलेसम्म विश्वभर ११ हजार ८६ जनाको मृत्यु भइसकेको छ । भने यसबाट दुई लाख ५० हजार भन्दा बढी मानिस संक्रमित छन् ।
एक अनुसन्धानका क्रममा यो भाइरसले सबै उमेर समूहका मानिसमा संक्रमण पैदा गर्न सक्ने र खासगरी उमेर पुगेका र रोगी व्यक्तिहरुलाई अझ बढी खतरनाक बन्न सक्ने देखिएको छ ।
चीनको वुहान सहरबाट सुरु भएको कोरोना अर्थात कोभिड–१९ का कारण चीन भन्दा पनि इटाली बढी प्रभावित बनेको छ ।
चीनमा हालसम्म ३ हजार २ सय ४९ जनाको मृत्यु भएकोमा इटलीमा मृत्यु हुनेको संख्या करिब ४ हजार नाघेको छ । इटलीमा ५० हजार बढी मानिसमा यसको संक्रमण भएको पुष्टि भएको छ ।
प्रतिक्रिया