बिहीबार, वैशाख ६, २०८१

टेकु अस्पतालमा कोरोनाले ७ जना मरेको भन्दै अफवाह फैलाउनेलाई पक्राउ गर्न अमेरिकी प्रहरीलाई पत्राचार

नेपालखोज २०७६ चैत ८ गते २०:४३

काठमाडौं । देशमा संकट परिरहेका बेला अमेरिकामा बसेर सामाजिक सञ्जाल फेसबुकमा अफवाह फैलाउने युवा अमेरिकामा रहेको पाइएको छ ।

आफूलाई कुकुरले टोकेर आफ्नी आमासँग उपचार गराउन पुगेको बेला पाँच जना मृतकलाई प्लाष्टिकमा बेरेर लगेको भन्दै झुठो समाचार फेसवुकमा मार्फत भाइरल बनाउने प्रयास गरेका थिए ।

यसरी आम नेपालीलाई त्रासको वातावरणमा पार्न खोज्ेन ती युवा अमेरिकाको टेक्ससमा बस्ने नयनपाण्डे नाम गरेको युवा भएको बताइएको छ । पाण्डेले फेसबुकमा पोष्ट गरेको टिकटक भिडियोको आधारमा उनी टेक्ससमा रहेको र नेपालीलाई मानसिक यातना दिन यस्तो काम गरको पाइएको हो ।

उनले आज विहानै टेकु अस्पतालमा‘ को कोरोनाबाट मृत्यु’ भएको भन्दै सामाजिक संजालबाट अफवाह फैलाएका हुन । उनलाई पक्राउ गर्नका लागि नेपाल प्रहरीले अमेरिकन प्रहरीलाई पत्राचार गरिसकेको बुझिएकाृ छ ।

त्यस्तै नर्भिक अस्पतालमा पनि कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको भन्दै श्रव्य सामग्री प्रचार गर्ने विवेक थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । बिवेकले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको र पत्रकारले समाचारसमेत नलेख्ने भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको र अनर्गल प्रचारबारे कारबाहीको प्रक्रिया सुरू गरेको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिएका छन्

प्रतिक्रिया