शनिबार, फागुन ३, २०८१

आजदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा रोक

नेपालखोज २०७६ चैत ९ गते ६:४२

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी रोक्ने अभियानअन्तर्गत सरकारले आइतबार आजदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ ।

Advertisement

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका सन्दर्भमा राष्ट्रका नाममा गरेका सम्बोधनअनुसार सरकारले आज अर्थात् चैत ९ गतेदेखि १८ गतेसम्मका लागि नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गरेको हो ।

तर आन्तरिक अर्थात् देशभित्रैका हवाई उडान भने हुनेछन् । यस्तै भोलि चैत १० गतेदेखि देशभर लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधन सञ्चालनमा सरकारले रोक लगाउँदै छ । तर छोटो दूरीका सवारीसाधन भने यथावत सञ्चालन हुनेछन् ।

सम्बोधनका क्रममा राजपत्रमा उल्लेख अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने प्रधानमन्त्रीले घोषणा गरेका छन् ।

यातायात अत्यावश्यक सेवाअन्तर्गत परे पनि कोरोना संक्रमण जोखिमका दृष्टिले अन्तर्राष्ट्रिय हवाई उडान र लामो दूरीका सवारीसाधन सञ्चालन बन्द गर्ने निर्णयमा सरकार पुगेको हो ।

प्रतिक्रिया