शुक्रबार, माघ २५, २०८१

काभ्रेमा मोटरसाइकल दुर्घटना, बाबुछोराको मृत्यु

नेपालखोज २०७६ चैत ९ गते १०:१३

काभ्रे । काभ्रेमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा बाबुछोराको मृत्यु भएको छ ।

Advertisement

दुर्घटनामा उदयपुरको रौतमाई गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय मीनबहादुर श्रेष्ठ र उनको पाँच वर्षीय छोरा सुविनको मृत्यु गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनु भएकी मीनबहादुरकी श्रीमती सुनिताको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

आइतबार बिहान काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ मा बा ५७ प ८२८ नम्बरको मोटरसाइकल र बा ५ ख २३९० नम्बरको ट्रक आपसमा ठोक्किएको थियो ।

ट्रक चालक रामेछापको खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठ र ट्रकधनी ललितपुर हात्तीवनका गङ्गा तिमल्सिनालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया