कोभिड–१९ : मणिपालमा क्वारेन्टाइन स्थापना गरिदैँ
नेपालखोज
२०७६ चैत ९ गते ११:२७
जनकपुरधाम । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्यूनीकरणका लागि यहाँस्थित मणिपाल शिक्षण क्याम्पस भवनमा ‘क्वारेन्टाइन’ सञ्चालनमा ल्याइने भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित उक्त भवनको शनिबार जनकपुरधाम उपहानगरपालिकाका प्रमुख लालकिशोर साहसहितका सुरक्षा निकायका प्रमुख र विज्ञको टोलीले अनुगमन गरेको थियो । यसपछि सो स्थानलाई सो प्रयोजनका लागि टोलीले उपयुक्त ठहर गरेको जनाइएको छ ।
नगरपालिकाले सो स्थानमा १५० जनासम्म राख्न सकिने गरी क्वारेन्टाइनको व्यवस्थापन गर्ने जनाइएको छ । प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका उपनिर्देशक डा विजयकुमार झाका अनुसार बस्तीभन्दा टाढा भएकाले सो स्थान उपयुक्त ठहर गरिएको जानकारी दिए । उनले जाँचका क्रममा शङ्कास्पद बिरामी फेला परेमा क्वारेन्टाइनमा राखी आइसोलेसनमा पठाउने तयारी गरिएको जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया