सोमबार, माघ २८, २०८१

कोरोनाको संक्रमणबाट जोगिएर अत्यावश्यक सेवा प्रदान गर्न वित्तिय संस्थालाई राष्ट्र बैंकको आग्रह

नेपालखोज २०७६ चैत ९ गते १८:४३

काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखमलाई न्यूनीकरण गर्न नेपाल सरकारबाट अत्यावश्यक सेवा बाहेकलाई बन्द गर्ने निर्णय बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख,ग र घ वर्गका बैंक तथा वित्तिय संस्थालाई अत्यावश्यक सेवा सूचारु राख्न राष्ट्र बैंकले आज सूचना जारी गरेको छ ।

Advertisement

कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको कारोबारलाई निरन्तरता दिन यथासम्भव न्यूनतम कर्मचारीबाट सेवा सूचारु राख्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यसैगरी बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु सेनिटाइटर, माक्स, पञ्जा जस्ता बस्तुको अनिवार्य प्रयोग गर्न समेत आग्रह गरिएको छ ।

बैकिङ सेवा प्रवाह गर्दा विद्युतीय माध्यमलाई प्रोत्साहित गर्दै सेवाग्राहीहरुको भीडभाड नहुने सुनिश्चितताको साथ सेवा प्रवाह गर्न समेत राष्ट्र बैंकले सूचना जारी गरेको छ ।

प्रतिक्रिया