कोभिड–१९ : लामो दूरीका यातायात सेवा अनिश्चितकालका लागि बन्द
नेपालखोज
२०७६ चैत १० गते ९:४६
काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबार (आज)बाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गराइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको जानकारी दिएका थिए । सोही अनुसार आजबाट अनिश्चितकालका लागि बन्द गराइएको हो ।
त्यसका साथै, कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ भने चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु पनि एक साताका लागि बन्द गराएको छ ।
सम्बन्धित
प्रतिक्रिया