शनिबार, फागुन ३, २०८१

काभ्रेको नार्केबजारमा बम विष्फोट

नेपालखोज २०७६ चैत १० गते १०:५२

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–८ नार्केबजारमा सोमबार राति प्रेसर कुकर बम विष्फोट भएको छ। स्थानिय नीरबहादुर तामाङको घरको भुइँतलामा रहेको पसलको सटर छेउमा बम विष्फोट भएको हो ।

Advertisement

विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन। विष्फोट विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको प्रहरीले शंका गरको छ।दुईजना अपरिचित व्यक्ति आएर शंकास्पद बस्तु राखी गएको केही बेरमै बम विष्फोट भएको प्रहरीले बताएको छ । यसअघि विप्लव समूहले तामाङको घरमा झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया