बिहीबार, चैत १५, २०८०

कोरोनाविरुद्ध युवाहरुको प्रयास

नेपालखोज २०७६ चैत १० गते १५:४२

भक्तपुर । कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने नारासहित राष्ट्रिय युवा संघ भक्तपुरले सार्वजनिक स्थलमा निःशुल्क माक्स वितरण गरेको छ ।

भक्तपुरको सूर्यविनायकचोक, पाण्डुबजार, मध्यपुर थिमी, भिमसेनचोक लगायतका स्थानमा संघले २ हजार थान माक्स वितरण गरेको हो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न पूर्व सावधानी उपनाउनुपर्ने भन्ने सन्देश प्रवाह गर्ने हेतुले संघले सो कार्य गरेको राष्ट्रिय युवा संघ भक्तपुरका संयोजक राजु लुवन्जार श्रेष्ठले जानकारी दिए ।

संघले जनताको घरदैलोमा पुगेर कोरोना भाइरसका विरुद्धमा सचेतना अभिबृद्धि गर्ने कार्यलाई समेत निरन्तरता दिँदै यसका विरुद्धमा सरकारले चालेका सकारात्मक प्रयासका बारेमा समेत सन्देश प्रवाह गरिरहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया